चक्र बमकाे कला जुम्लामा बिस्फोट

नयाँ पुस्ताका चर्चित देउडा गायक चक्र बमले जुम्ला महाेत्सवमा बेजाेड प्रस्तुति दिएका छन्। जुनसुकै गीतलाई पनि व्यवसायीक बनाउन सफल भइरहेका चक्र बमले प्रथम बृहत कृषि, पर्यटन, ब्यापार तथा सास्कृतिक महोत्सबमा जुम्लाका दर्शक माझ बेजाेड प्रस्तुति दिएका हुन्।
देउडामा ‘फ्युजन’ शैली मिसाउने गरेका चक्र बमले ‘ओ मेरी भाउजू’ ‘भन साली’ बाेलका देउडा लगायत ओए काँजल, लाल कुर्ति, नाँच मेरि झुमा, डिजे वालाले लगायतका गीतबाट दर्शक नचाएका छन्।
त्यसाेत सुदूरपश्चिम र कर्णालीका शब्द र लय टिपेर आधुनिक संगीतसँग जुधाउन अभ्यस्त गायक हुन्, चक्र बम । उनकाे लाेकप्रियता सुदुरपश्चिम र मध्यपश्चिममा मात्रै नभएर देशव्यापी छ।
पछिल्लो समयका उनका जुनसुकै गीतले साङ्गीतिक बजारमा राम्रो स्थान पाइरहेका छन्।
जुम्लामा जारी प्रथम बृहत कृषि, पर्यटन, ब्यापार तथा सास्कृतिक महोत्सबमा भाेलि गायक टंक तिमिल्सिनाले प्रस्तुति दिने आयाेजकले जनाएकाे छ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस