जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्वर २ तल्फी का आगलागी पिडित काली बहादुर सार्कीको परिवारलाई दलित अधिकारकर्मीले राहत उपलब्ध गराएका छन्। पातारासी गाउँपालिका वडा नम्वर २ तल्फीका कलसिंह सार्कि काे घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएकाे थियाे । पुर्ण रुपमा विस्थापित परिवारलाई जुम्लाका दलित अधिकारकर्मी तथा दलित कर्मचारीहरुले २३ हजार ६ सय रुपैयाँ नगद राहत स्वरुप प्रदान गरेका हुन्।
गत फागुन राति ११ बजे अचानक आगलागी हुँदा घर जलेर २८ जनाकाे संयुक्त परिवारकाे विस्थापित भएकाे थियाे। पिडित परिवारलाई जुम्लाका ८ जना दलित अधिकारकर्मीबाट संकलित २३ हजार ६ सय रुपैयाँ नगद पिडित परिवारलाई हस्तान्तरण गरिएकाे दलित अधिकारकर्मी बालाराम नेपालीले नयाँ कर्णालीलाई जानकारी दिएका छन्। तल्फीका बिर्ख बिकले पिडित परिवारका ३ जना विद्यार्थीलाई स्कुल ड्रेस समेत उपलब्ध गराएका छन्।
आगलागीबाट मानवीय क्षति नभएपनि पुरै अन्न, लत्ता कपडा, भाडा कुडा, गरगहना, र महत्वपूर्ण सामान जलेर नष्ट भएका थिए।
आगलागी पिडित परिवारलाई नगद सहयाेग गर्नेमा बालाराम नेपाली, हरि कामी, कर्ण नेपाली, मंगला बिक, अभिषेक (चन्द्र ब नेपाली), नन्दु सार्की, रामचन्द्र नेपाली र नन्द ब तिरुवा रहेका छन्।
तल्फिका आगलागी पिडितलाई दलित अधिकारकर्मीले दिए राहत
२३ हजार ६ सय नगद हस्तान्तरण
प्रकाशित मिति : २०८० चैत्र ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस