पत्रकार रावतलाई प्रेस काउन्सिलकाे युवा पत्रकारिता पुरस्कार 

भाद्र ७, २०८०

प्रेस काउन्सिल नेपालले यस बर्षको युवा पत्रकारिता पुरस्कार  जुम्लाका पत्रकार विजय रावतलाई प्रदान गरेको छ ।  सात बर्षदेखि जुम्लामा बसेर पत्रकारीता क्षेत्रमा सक्रिय रावतलाई प्रेस काउन्सिल नेपालले उक्त पुरस्कार प्रदान गरेको हाे ।
प्रेस काउन्सिल नेपालकाे आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा शनिबार  सम्माननीय राष्ट्रपति  रामचन्द्र पाैडेलकाे उपस्थितिमा माननीय संचार तथा सुचना प्रविधिक मन्त्री रेखा शर्माबाट पत्रकार रावतले पुरस्कार प्राप्त गरेका छन् । रावत जुम्लाको पहिलो दैनिक पत्रिका कर्णाली सराेकार हुदै हिमालय टाइम्स राष्ट्रिय दैनिक र राष्ट्रिय समाचार समिति जुम्ला संवाददाता कार्यरत छन्, । उनी नेपाल पत्रकार महासंघ जुम्ला शाखाका सदस्य हुदै महासंघका केन्द्रीय परिषद् सदस्य समेत हुन ।
तिला गाउँपालिका-१ रारामा जन्मेका पत्रकार रावत प्रेस सेन्टर जुम्लाका अध्यक्ष समेत हुन्।यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ ।
काउन्सिलले सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई  दिएको छ ।  प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारमा देशभरका १९ जना पत्रकारलाई प्रदान गरेको छ ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस