जुम्लामा लम्पी स्किन राेग नियन्त्रण बाहिर, गाई गाेरु धमाधम मर्दै, भगवान् भराेसामा किसान

सराेकारवाला निकायकाे बेवास्ता

साउन ०८,२०८०
लम्पी स्किन राेगले जुम्लाका किसानका गाेठ रित्तिन थालेका छन्। जुम्लाका आठै स्थानीय तहमा फैलिएकाे लम्पी स्किन राेगले गाई गाेरु धमाधम मर्न थालेका छन्। घरका हलगाेरु मरेपछि जग्गा जमिन बाँझाे भएकाे तातोपानी ७ सर्मीका किसान मुन बहादुर कुँवरले बताए। घरका हलगाेरु मरिसके, गाउँमै गाेरू पाउन मुस्किल छ, जग्गा बाँझाे भइसक्याे, ठुलाे परिवार कसरी पाल्ने भन्ने पीर छ। उनले भने।
जिल्लाभर राेग फैलिए पनि किसानले उपचार गर्न सकिरहेका छैनन्। राेग नियन्त्रण बाहिर पुगिसकेकाे तातोपानी ७ का राजि कुँवरले बताए। अहिले सम्म कुनै औषधि उपचार गर्न सकिएकाे छैन। स्थानीय तह, पशु सेवा कार्यालयले उपचारमा सघाउन सकेका छैनन्। पशु राेग सँग लडिरहेका छन्, हामी भगवान भराेसामा बस्नुकाे विकल्प छैन। उनले भने।
समयमै सराेकारवालाले गम्भीरतापूर्वक नलिए ठूलाे नाेक्सानी हुनुका साथै जग्गा बाँझाे रहेर भाेकमरी निम्तिने खतरा रहेकाे पातारासी ५ का गाेबिन्द बुढाले बताए। कुनै गाई गाेरु घाँस खानै नसक्ने छन्। कुनैकाे शरीरभरि खटिरा र दाग छ। अवश्था भयावह छ। उनले भने।
जुम्लामा यस अघि गाई गाेरुमा यस्ताे प्रकाेप कहिल्यै देखापरेकाे थिएन। अहिले अवश्या निकै दयनीय छ। किसान आफ्ना गाई गाेरु छटपटाउदै मरेकाे हेर्न विवस छन्। चाहेर पनि उद्दार गर्न सकिरहेका छैनन्। पातारासी ५ गाेरिकला विष्टले सुनाइन।
यता पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार राेग नियन्त्रण बाहिर गइसकेकाे छ। आठै स्थानीय तहकाे प्रारम्भिक तथ्यांकअनुसार १४ हजार गाई गाेरुमा लम्की स्किन संक्रमण भइसकेकाे छ। झण्डै ७ सय देखि १ हजारकाे हाराहारीमा मरेकाे पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका निमित्त प्रमुख लाल बहादुर बुढ्थापाले बताएका छन्। अहिले देशभर झै जुम्लामा पनि याे राेग फैलिएकाे नियन्त्रणमा लिन कठिनाई भएकाे उनले बताए।
अफ्रिकि मुलुकबाट २०७६ सालतिर नेपाल भित्रिएकाे लम्पी स्किन राेग जुम्लामा पहिलाे पटक देखिएकाे उनले बताए। याे भाइरल राेग भएकाेले यसकाे खास उपचार कठिन छ, तर ज्वराे नियन्त्रणमा लिने, अन्य कठिनाई कम गर्ने खाेप नै हाे। जुम्लामा ५ सय खाेप आएकाे थियाे तर याे प्रयाप्त हाेइन। उनले भने।
अन्य निराेगि पशु बचाउने संक्रमित पशुलाई छुट्टै राख्नुपर्ने उनकाे सुझाव छ। झिँगा, भुसुना, लामखुट्टेले राेग सार्ने हुदा संक्रमित पशुलाई छुट्टै राख्नु पर्ने उनले बताए। मान्छेमा काेराेना जस्तै गाई गाेरुमा लम्पी स्किन राेग नयाँ भएकाेले नियन्त्रणमा लिन कठिन भएकाे उनले बताए। सरकारले आवश्यक खाेप उपलब्ध गराउनुपर्ने उनले बताए।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस