जुम्लामा मार्सी धान भित्र्याउने चटाराे

जुम्लाका किसानलाई मार्सी धान भित्र्याउने चटाराे सुरु भएको छ। विश्वकै लाेकप्रिय मध्यकाे एक जुम्ली मार्सी धान धमाधम भित्र्याउने चटाराे सुरु भएको छ।
दशैं सकाए सँगै जुम्ली किसान खेतखेतमा मार्सी धान काट्ने, चुटने र भित्र्याउने काममा व्यस्त छन्। जुम्ली मार्सी धान विश्वकै अग्लाे स्थानमा फल्ने धान हाे।
मार्सी धानकाे आफ्नै खेती प्रणाली छ। जुम्ली किसानले पुर्खाैंदेखि प्रचलनमा ल्याएकाे मार्सी कालेण्डर अनुसार चैतमा बीउ राख्ने, जेठ/असारमा राेप्ने, अनि असाेज/कार्तिकमा भित्र्याउने गरिन्छ ।
अहिले कृषि यान्त्रिकरणकाे बढ्दाे प्रयाेगले किसानलाई सरल र सहज बनाएकाे छ। पहिले दिनभर लगाएर धान चुट्नुपर्थ्याे भने अहिले १/२ घण्टामै मेसिनबाट धान चुटछन्। यद्यपि याे सबै ठाउँमा भने उपलब्ध छैन। तिला ३ का मनाेज भट्टराईका अनुसार पेट्रोल बाट चल्ने मेसिनबाट सडक छेउछाउका जिउलामा धान चुट्ने गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस