जुम्लामा निर्वाचन प्रहरी सवार भ्यान दुर्घटना भएको छ। तातोपानी ६ धाैलापानीमा भ्यान दुर्घटना हुँदा ३ निर्वाचन प्रहरी सहित ७ जना घाइते भएका छन्।
जुम्ला बजारबाट छुटेकाे भ्यान दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले जानकारी दिए। चालक समेत घाइते भएको उनले बताए ।
प्रारम्भिक रुपमा बुझ्दा गाडि अनियन्त्रित भएर दुर्घटना भएकाे डिएसपी रेग्मीले बताए । दुर्घटना बारे थप जाँचबुझ हुँदै छ। घाइतेहरुकाे जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बिहिवार
