विषादी प्रयाेग विरुद्ध एक्सनमा तातोपानी गाउँपालिका

जुम्लाकाे तातोपानी गाउँपालिका विषादी प्रयाेग विरुद्ध एक्सनमा उत्रिएको छ। सबैखाले कृषि जन्य उत्पादनमा रासायनिक विषादी प्रयाेगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले बताएका छन्।
२०६४ सालमा जुम्ला जिल्लालाई अर्गानिक घोषणा गरेपश्चात सम्पुर्ण रासायनिक विषादीको प्रयोगमा पुर्ण रोक लगाइए पनि किसानले धानमा आउने झार मार्न प्रयोग व्युटाक्लोर नामक झारनासक रासायनिक विषादी लुकिछिपि प्रयाेग गर्दा असरहरु देखा परेकाेले प्रतिबन्ध लगाउने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत कठायतले बताए ।
उक्त विषादी झारलाई मात्र असर नगरी सम्पुर्ण जिवजन्तु, प्राणी तथा मानव स्वास्थ्यको लागी घातक रहेको छ। यस्ता विषादीको प्रयोगले क्यान्सर बाँझोपना अपाङ्गता तथा रतन्धाे जस्ता स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउनका साथै यसको प्रयोगले धानको गुणस्तरमा ह्रास आउने, जैविक विविधतमा नष्ट हुने धानमा नँया नँया किसिमका रोग तथा किराको प्रकोप बढ्ने खतरा पैदा भएको छ।
रासायनिक विषादी प्रयोगलाई पुर्ण रुपमा निरुत्साहित तथा प्रतिवन्ध का लागि ५ गते वसेको गाउँ कार्यपालिकाको बैठकले विषादी प्रयोग गर्ने किसानहरुलाई पालिकाबाट उपलब्ध गराईने सेवा सुविधाबाट कटौति गर्ने निर्णय गरेकाे छ। साथै रासायनिक विषादी प्रयोग गर्ने किसानको जानकारी गोप्य रुपमा दिने व्यक्ति लाई पुरस्कारको उचित व्यवस्था गरिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस