बिरामी कार्कीलाई उपचारकाकाे निम्ति रास्वपाकाे सहयोग

राष्ट्रिय स्वतन्त्र पार्टिले तातोपानी गाउँपालिका ३ का विपन्न मुटुराेगी रण बहादुर कार्कीलाई १० हजार ५ सय रुपैयाँ सहयाेग गरेकाे छ। आर्थिक अभावमा जीवन र मृत्युकाे दाेसाँधमा पुगेका रण बहादुर कार्किलाई रास्वपाले स्थापना दिवसको अवसर पारेर आर्थिक सहयाेग गरेकाे हाे।
रण बहादुर कार्कि तातोपानी गाउँपालिका ३ लिताकोटका भएतापनि हाल उनि तातोपानी ७ सर्मीमा बसिरहेका छन्।
रास्वपाले स्थापना दिवसको दोस्रो वार्षिक उत्सवको अवसरमा सहयोग प्रदान गरेकाे रास्वपा जिल्ला संयोजक मक्कर बहादुर भण्डारीले बताए ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस