
असार ११, २०८०
जुम्लाकाे हिमा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ‘एक वडा एक पकेट क्षेत्र’ नीति तय गरेकाे छ। हिमाले १४ औं गाउँसभाबाट सात वटै वडामा उत्पादन र सम्भावनाकाे आधारमा पकेट क्षेत्र विकास गर्ने नीति अख्तियार गरेकाे हाे।
हिमा भित्रका ७ वटै वडामा भिन्न भिन्न कृषि उत्पादन पकेट क्षेत्र विकास गरिने हिमा गाउँपालिकाले जनाएकाे छ। हिमा १ मा धान पकेट क्षेत्र, आचार्यलिहिलाई तरकारी पकेट क्षेत्र, वडा नं २ काे ओदिलाई आलु र लसुन पकेट क्षेत्र र वडा नं ३ लाई स्याउ ओखर तथा फलफुल पकेट क्षेत्रका रुपमा विकास गरिने नीति लिइएकाे हिमा गाउँपालिकाकि उपाध्यक्ष सुपर्ना शाहीले बताइन।
यस्तै हिमा ४ र ७ लाई गहुँ पकेट क्षेत्र, हिमा ६ काे पाथरखाेलालाई माैरी पकेट क्षेत्र र हिमा ५ काे बुअ, बाजागाडालाई भेडा, सिमि, स्याउ पकेट क्षेत्रका रुपमा विकास गरिने उपाध्यक्ष शाहीले बतमइन।
पकेट क्षेत्रकाे विकासले गरीबी न्युनिकरण र राेजगार सृजनामा टेवा पुर्याउने लक्ष्य राखिएको उपाध्यक्ष शाहीले जानकारि दिएकि छन्।
यसै बिच हिमा गाउँपालिकाले एकल पुरुषका लागि विदुर भत्ता उपलब्ध गराउने कार्यक्रम ल्याएकाे छ। सामाजिक सुरक्षाकाे प्रत्याभूति दिलाउन ५० वर्ष देखि ५९ वर्ष सम्मका एकल पुरुषका लागि विदुर भत्ता उपलब्ध गराइने हिमा गाउँपालिका काे नीति तथा कार्यक्रममै व्यवस्था गरिएकाे छ।
यस्तै पालिका भित्र सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइने नीति लिइएकाे उपाध्यक्ष शाहीले बताएकि छन्।