अपर डोल्पाको झुपा लेकमा ‘माइकल’ हराउँदा

कर्णाली चिनाउने सीप बुढाको अनुभव

गत कार्तिक अन्तिम साता मुलुक प्रदेश सभा र प्रतिनिधि सभाको चुनावी संघारमा थियो । मतादाता मुलुकको भाग्य र भविष्य निर्धारण गर्न आफ्ना प्रतिनिधि चुन्ने दिन पर्खिरहेका थिए, भने उम्मेदवारलाई आ–आफ्ना योजना र एजेण्डा सुनाउन भ्याईनभ्याई थियो । यहि व्यस्ताको घडिमा जुम्ला पातारासीका पर्यटन व्यवसायि सीप बुढा यूरोप ‘मनाखु’का माइकल जिंगललाई अपर डोल्पा घुमाइरहेका थिए । जुम्ला, रारा हुदै अपर डोल्पाको यात्रामा निस्किसके पश्चात मौसम बाधक बन्दै थियो । साबिक कर्णाली क्षेत्रको हावापानी अनुसार यहाँका डाँडापाखा असोज कार्तिकमा हरियो सुकेर रुखो बन्ने प्रक्रियामा हुन्छन् ।
डोल्पाको लेकाली क्षेत्र पुग्दा वर्षायाममा उर्लेर बग्ने पाटनका खोलाहरु कार्तिकमा भने तेल सकिन लागेका बत्ति जस्तो मधुरो गतिमा बगिरहेका थिए । तर वन्यजन्तु र चराहरुको चिरविर आवाज र प्रकृतिले निशुल्क उपलब्ध गराएको पाटनको दृश्यले विदेशी पर्यटक माईकल रामाञ्चित र उत्सुक भइरहेका थिए । ‘कुनै भूगोलमा टक्क उभिएर चारै दिशाका दृश्य नियाल्नुहोस्, त कति धेरै कुरा नियाल्न सकिन्छ । माइकलले पनि क्यामरामा त्यहाँको पर्यावरण, हिमालका आर्कषक दृश्य कैद गरिहेका थिए ।’ सीप बुढाले सुनाए । ‘माइकल साहसिक पर्यटनमा रमाउन उत्साहित भएर नेपाल आएका थिए, त्यसैले भिरपाखा छिचोल्दै अपर डोल्पा पुगिछाड्ने प्रतिज्ञा माइकलको थियो ।’ सीपले सुनाए ।
१२ वर्षको उमेर देखी पर्यटनमा जोडिएका सीपको अनुभवमा आराम र सुविधा को पक्षमा विदेशी पर्यटक कहिल्यै हुदैनन् । उनिहरु साहसिक यात्राका साथमा प्रकृती बुझ्न र नियाल्न चाहन्छन्, नौलो अनुभव बटुल्ने शौख हुन्छ । माइकल पनि यि र यस्तै गुणका थिए । सम्भावित जोखिमको आँकलन गर्दै माईकललाई अपर डोल्पा नजाने प्रस्ताव गर्दा माइकलले नयाँ गन्तव्य, नयाँ अनुभव र नयाँ विचार का निम्ति नेपाल आएको भनेर अपर डोल्पा पुग्ने अठोट दोहोर्याएको सीपले बताए । आवश्यक मात्रामा भौतिक विकास र प्रचारप्रसार नहुँदा ओझेल परेको सुन्दर क्षेत्र हो, अपर डोल्पा । माइकल घुमेपछि केहिहद सम्म भएपनि बाह्य पर्यटकको ध्यानआर्कषित हुने सीपको विश्वास थियो । ‘प्रकृतिको जादु बेग्लै हुन्छ, सेतो बादल र नीलो आकाश, सुसाउने खोलानालाको संगित, दन्त झैं टल्केका हिमालले माइकल मौसम प्रतिकुल छ, भन्ने भुलिरहेका थिए ।’ सिपले भने ।
राराबाट मुगुको डोल्फु गाउँ हुदै झुपा लेकको यात्रा तय भयो । जब झुपा लेकको बिचमा पुगियो त्यसपछि मौसमले चुनौती थप्यो । हिउँले सेताम्स बनेको जमिनमा बाटो पत्ता नलाग्दा तिन जनाको जीवन संकटमा परेको सिपले सुनाए । ‘५ हजार मिटर उचाइमा एक जना भरिया, म र माइकल सँग खानाको नाममा चाउचाउ मात्रै थियो, आकाशबाट निरन्तर हिउँ वर्षिरहेको थियो । २ दिन सम्म ढुंगे ओडारमा बसेर प्राण रक्षाको याचना गरिरहेका थियौं ।’ सीपले भने । ‘जीवन र मरणको दोसाँधमा पर्दा मृत्यु कति भयानक छ, भन्ने आभास भयो, नजिकबाट मृत्यु देखिन थाल्यो, तर सास हुन्जेल सम्मको आश भने झैं तेस्रो दिन बिहान मौसम खुलेपछि प्राण रक्षाका लागि चारैतिर हार गुहार गरियो, त्यो एकान्तमा हाम्रो चिच्याहट कस्ले सुन्ने ? अन्तमा अलि ओरालो झरेपछि मोवाइलमा नेटवर्क देखियो ।’ उनले भने ।
सुरक्षा निकाय र आफन्तजन सँगको सम्र्पपछि प्राण बाच्ने आश पलाएको सिपले बताए । जुम्लाका पुर्व राज्यमन्त्रि गोमा कुँवर र पातारासीका उपाध्यक्ष जनमाया रोकाया सँग उद्धारको लागि कुरा भएपछि मनाङ एयरको हेलिकप्टरमा काण्माण्डौं अवतरण गरेको सिपले बताए । माइकललाई सकुसल यूरोप उडाएपछि मात्रै ढुक्क भएको सिपले सुनाए । पदयात्रा र अनुसन्धानका लागि आउने विदेशी पर्यटकका लागि कर्णाली उर्वर भएपनि सरकार सँग रुप प्लानिङ र व्यवस्थित पर्यटनका योजना नभएको सीपले बताए । माइकल युरोप फर्कदाको सिपलाई भनेका रहेछन्, ‘नेपालको प्रकृति सँग घुलमिल हुन पुन फर्कने छु । जहाँ जोखिम छैन, त्यहाँ मजा छैन, तर उद्धार यहाँको पर्यटन भने व्यवस्थित हुनैपर्छ ।
सीप बुढा, जसको रगतमा पर्यटन बहन्छ
सीप बुढा १२ वर्षको उमेर बाट पर्यटनमा आवद्ध छन् । ३ वर्षको उमेरमा बुवा गुमाएका सीप भेडिगोठ बाट छुट्टिएर पर्यटन सँग जोडिन पुगे । घरमा अंश बण्डा गर्दा अरुले सम्पति बाड्छन्, तर सीपले आफ्ना दाजु सँग ऋण बाडेका थिए । पर्यटक घुमाउदै सगरमाथा, अन्नपुर्ण, लाङटाङ र सिंगो कर्णाली घुमेको अहिले पर्यटन बाटै जुम्ला खलंगामा घर घडेरि जोडेका छन् । जीवन सुविधाको लागि नभइ संघर्षको लागि हो भन्ने मान्यता राख्छन् । जुम्लामा कर्णाली भिजिट टुर एण्ड ट्राभल कम्पनि सञ्चालन गरेर कर्णाली चिनाउदै हिंडेका छन् । सीपले भने,‘कर्णाली सँग रारा, फोक्सुण्डो, डिगिदह जस्ता सुन्दर ताल छन्, जडिबुटिको खानी पनि छ, तर सरकार सँग पर्यटन प्रर्वद्धनको योजना छैन ।’

प्रकाशित मिति : २०८० जेष्ठ ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस