
वैशाख ३१, २०८०
यो युग सुचना साम्राज्यको युग हो । सुचना बाट बिमुख हुनु भनेको सम्पुर्ण रुपले गरिब हुनु हो । समाजमा यति धेरै बहस र छलफल कहिल्यै हुने गरेका थिएनन्, जति अहिले आमसञ्चार माध्यमहरुले गराइरहेका छन् । त्यसको संवाहक अनलाइन मिडिया पनि हुन् । सुचना ज्ञानको आधार र शक्तिको स्रोत हो । अहिले दुनियाँ निकै साँघुरो भइसकेको छ । अहिले क्षणभरमै विश्वका घटना र विचार कुनाकुनामा तुरुन्तै पुग्छ । सामाजिक सञ्जालले तुरुन्तै सञ्चार गरिरहेको छ । नयाँ सोच राख्नु पर्छ तर पुराना चिजको अस्तित्व सक्कियो भन्नू पनि गलत हुन्छ ।
पछिल्लो समय नेपालमा अनलाइन पत्रकारिताका लागि निकै उर्वर रहेको मान्न सकिन्छ । कर्णांली केवल जटिल भूगोल र कठिन जीवनशैलीको पर्याय मात्रै होइन, बहुमुल्य जडिबुटि र प्राकृतिक सौन्दर्य बोकेको जमिन पनि हो । तर राज्य बाट उपेक्षामा परेको र मानव विकास सुचाङ्कका हिसाबले मुलुककै पुछारमा रहेको कर्णाली प्रदेशको पत्रकारिताको वृद्वि र विकास अन्य प्रदेशको तुलानामा बामे सर्ने अवश्थामा भएपनि विषय र महत्व का हिसाबले कर्णाली उर्वर छ । आधुनिक र व्यवसायिक पत्रकारिताको विकास गर्ने उदेश्य बोकेर हाम्रो यात्रा सुरु हुँदै छ । २००७ सालको प्रजातन्त्र आगमनपछि खुला रुपमा सुरु भएको कर्णाली क्षेत्रको आधुनिक पत्रकारिताले २०४६ सालको प्रजातन्त्रको पुनःस्थापना पश्चात् मात्र संस्थागत विकासको मौका पाएको छ ।
भौगोलिक विकटता, आवश्यक जनशक्तिको अभाव, विद्युत, टेलिफोन, इमेल, इन्टरनेट समस्या आधुनिक पत्रकारिताका बाधक हुन् । विविध चुनौती चिर्दै हामी अघि बढ्दै छौं । सुशासन, समृद्धि र रुपान्तरणमा हाम्रा पाइला अग्रगामी हुनेछन् । सूचना र विचारको धरातलमा हामीले पाइला टेकेका छौं, पक्कैपनि विचारको धर्ति फराकिलो हुन्छ । अहिलेको विकास र प्रविधिको यूगमा आम नागरिकले सोसल मिडियालाई आफ्नो विचार अभिव्यक्तिको माध्यम बनाएका छन् । हामी सोच्दछौं, कि हरेक सामाजिक सञ्जाल प्रयोगकर्ता पनि पत्रकारिताका अभ्यासकर्ता हुन् । हामी त्यो असंगठित शक्ति सँग पनि सहकार्य गर्न चाहन्छौं । उनिहरूको सहभागिता, स्वस्थ आलोचना र रचनात्मक सुझाव बाट अघि बढ्ने मार्ग मिल्ने छ ।
२०७२ को संविधानमा दर्ज भएको व्यवस्थामुताविक व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकारसहित गठन भएका स्थानीय तहका संरचनाले दुर्गम क्षेत्रको पत्रकारितालाई सन्तोषजनक रुपमा अघि बढ्ने अवशर प्रदान गरेको छ । नेपालमा हरेक वर्ष इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । नयाँ कर्णाली ले साच्चिकै नयाँ कर्म गर्ने छ, निष्पक्ष, मर्यादित, सन्तुलित समाचार सम्प्रेषण गर्ने छ । आधारभूत पत्रकारिताको मूल्यमान्यता मुताविक नयाँ कर्णाली डिजिटल अनलाइन पत्रिका प्रतिवद्व रहने छ ।
नयाँ कर्णाली मिडियाको सम्पादकको नाताले त्यसका जिम्मेवारीप्रति हाम्रो परिवार सदैव सचेत र समर्पित रहनेछ । पत्रकारिताको व्यवस्थित र सम्मानजनक अस्तित्वले पत्रकारलाई बढी गौरवान्भित बनाउँछ । हामी सदैब सुशासन, समृद्धि र रुपान्तरणको प्रबल पक्षधर रहनेछौं ं। हाम्रो मिडियाको प्राण भनेकै हाम्रो प्रभावकारितामा अड्किने छ । हाम्रा आम पाठक, श्रोता र दर्शकहरूको सहयोग, सुझाव र अनुमोदनको अपेक्षा छ । हाम्रो अस्तित्व र महत्व हाम्रो कर्मले निर्धारण गर्ने छ ।