
चिसाे माैसम। प्राय पुरुष परदेश तिर छन्। गाउँमा महिला, बालबालिका र जेष्ठनागरिक मात्रै भेटिन्छन्। यहि परिवेशमा हिमा गाउँपालिका वडा नम्बर २ काेइरेली गाउँका महिला हातहातमा घन, साबेल र काेदालाे बाेकेर खानेपानी आयाेजना निर्माणमा तम्सिएका छन्।
विगतमा आफ्नाे सामर्थ्यमा खास्सै विश्वास गर्दैनथे, यहाँका महिला। बढ्दाे चेतना र समाजकाे बदलिँदो गतिले अहिले गरे नहुने के छ, आँटे पूरा नहुने के छ? भन्ने महसुुस गर्दैछन्, काेइरेलीका महिला ।
काेइरेली गाउँको बिकास निर्माणमा हातमा हात, काँधमा काँध राखेर जुटेका छन्, उनिहरु । बर्षों देखि खानेपानी अभाव रहेको कोइरेली गाउँमा हिमा गाउँपालिकामा संचालित सुस्वा आयोजना अन्तर्गत संचालित कोइरेली खानेपानी तथा सरसफाइ योजनाको निर्माण कार्य सम्पन्न गर्न स्थानीय महिला अग्रसर बनेका हुन ।
जाडो समयमा जुम्लामा हिउँ र तुसारोले गर्दा बिकास निर्माण कार्य गर्न सकिदैन। पुरुष आय आर्जनका लागी प्रदेशमा गए पछि बिकास निर्माणको काम समेत महिलाहरुले सम्हाल्न थालेका हुन । महिला सशक्तीकरणकाे एक उदाहरण हिमाकाे काेइरेली गाउँमा झल्किरहेकाे छ।
यो योजनामा पुष माघको जाडोमा महिलाले बिकास निर्माणमा सक्रिय हुनुको साथै आय आर्जनमा समेत टेवा पुगेकाे छ।
अहिले पनि समुदायमा महिलाले बिकास निर्माण कार्य गर्न सक्दैन भन्ने गलत धारणा रहेको छ तर महिलाले आँट गरे सम्म र अवसर पाए हरेक काम गर्न सक्षम छन् भन्ने ज्वलन्त उदारण हुन, कोइरेलिकी महिलाहरु ।
सुस्वा आयोजनाले आर्थिक बर्ष २०८१/०८२ मा पुजिगतमा रकम नछुटयाए पछि कोइरेली गाउँको खानेपानी अभाबलाई मध्य नजर गर्दै हिमा गाउँपालिकाको लागतमा निर्माण सम्पन्न हुन लागेको हाे। यो योजनामा जम्मा ४४ घरमा एक घर एक धारा र १ हिमा आधारभुत बिधालयमा धारा निर्माण हुने छ। साथै खेर गएको खानेपानीको बहुउपयोगीताको लागी २ वटा सिँचाइ पोखरी निर्माण गरेर स्याउ, करेसाबारी, कोशेबालीको सिँचाइ गरिने छ।
यो सुस्वा आयोजनाको पहिलो खेर गएको खानेपानीको बहुउपयोगीता लाई जाेड्ने पहिलो योजना हो। कोइरेलि खानेपानी तथा सरसफाइ योजनाको कुल लागत र६७ लाख ९७ हजार ७ सय २५ रुपैयाँमा योजना सम्पन्न हुने छ।
कोइरेलि खानेपानी तथा सरसफाइ योजनाको कुल लागत रु ६७ लाख ९७ हजार ७ सय २५ मध्य हिमा गाउँ पालिकाको ५४ लाख ६६ हजार १ सय १२ र उपभोक्ता तर्फबाट नगद र श्रमदान सहित रु १३ लाख ३१ हजार ६ सय १३ रहने छ ।