डिभी लट्रीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

वैशाख २३, काठमाडौं । यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री २०२४ को नतिजा सार्वजनिक गरेको छ ।

शनिवार राती नतिजा प्रकाशित भएको हो । डिभी लट्रीको नतिजा डिभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा डिभी प्रोग्राम डट स्टेट डट जिओभी लग इन गरेर हेर्न सकिन्छ ।

नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य रहेको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शु:ल्क नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस