जुम्लाको तिलामा ‘पालिका स्तरीय प्रथम पुरुष फुटबल हुँदै, विजेताले ४० हजार पाउने

जुम्ला जिल्लाको तिला गाउँपालिका.६.सुडीस्थित प्रगतिशील युवा क्लबको १८ औं वार्षिकोत्सव तथा बडादशैं (शुभ विजया दशमी) को पावन अवसरमा पालिका स्तरीय प्रथम पुरुष फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ। खेलौं फुटबल स्वास्थ्यका लागि जोडौं सम्बन्ध सबैका लागि तथा खेलकुदले जोड्छ मन सबल बनाउँछ हाम्रो तन भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यो प्रतियोगिता असोज ३० गतेदेखि सुरु हुनेछ।

​प्रतियोगिता सुडीस्थित रूखेडा चौरको खेल मैदानमा सञ्चालन गरिने क्लबका अध्यक्ष प्रेम बहादुर रावत ले जनाएका छन। युवा प्रतिभाको पहिचान र खेलकुदको विकास गर्ने उद्देश्यले यो पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। ​प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूका लागि आकर्षक नगद पुरस्कार ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस