जुम्लाको हिमा गाउँपालिका वडा नं. ३ मोफ्ला निवासी हर्क रोकाया र केसरी रोकायाका तीन जना छोरा छोरी सुर्खेतबाट सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेहरूमा १४ वर्षीया नरेश रोकाया १२ वर्षका निरोता रोकाया र १० वर्षका डबल रोकाया रहेका छन्।
पारिवारिक स्रोतका अनुसार बर्दियाबाट बिहान ०७:०० बजे जुम्लाका लागि हिडेका उनीहरू मध्य दिन१२:०० बजेतिर सुर्खेत पुगेका थिए। सुर्खेत पुग्नासाथ एक अटो चालकले जुम्ला जाने बसमा छोडिदिन्छु भन्दै लगेपछि उनीहरू आफन्तको सम्पर्क बाहिर रहेका हुन्।
उनीहरूका काका राजेन्द्र रोकायाका अनुसार अटो चालकले लगेपछि बालबालिकाको कुनै अत्तो पत्तो पाउन सकिएको छैन।
यदि कोही कसैले यी बालबालिकालाई देख्नु भएमा वा भेट्टाउनु भएमा तुरुन्तै निजका काका राजेन्द्र रोकाया को (मोबाइल नम्बर: 9868941310) वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिनुहुन परिवारले हार्दिक अपिल गरेको छ।
सम्पर्क विवरण
सम्पर्क व्यक्ति : राजेन्द्र रोकाया
फोन नम्बर : 9868941310
ठेगाना : हिमा गाउँपालिका वडा नं. ३ मोफ्ला जुम्ला
