सिकाइस्तर सुधार्न ‘घरमा पढाइ कुना, विद्यालयमा कक्षाकोठा छापामय’

विद्यालय बाहिर रहेका ४ बालबालिकालाई शिक्षाको पहुँचमा ल्याइयो

जुम्लाको कनकासुन्दरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयको सिकाइस्तरमा परिवर्तन देखिन थालेको छ । विद्यालयका कक्षा कोठा छापामय बनाइएको छ भने घरमा पढाइ कुना तयार गरिएको छ । आत्म सम्मानका लागि सहकार्य क्याड नेपालले घरमा पढाइ कुना र कक्षाकोठा छापामय बनाएपछि विद्यार्थीको पढ्ने बानी र व्यवहारमा परिवर्तन आएको कनकासुन्दरी ८ समल गाउँकि सुना परियारले बताइन । उनि अहिले घरमै छोरो पढाउन व्यस्त छिन् । छोरालाई घरभित्रै पढाइकुना बनाइदिएकि छन् । बिहान बेलुका उनको घर पुग्दा छोरालाई पढाइरहेकि भेटिन्छिन् । उनको घरमा एक कोठा पढाइकुनाको लागि छुटाइएको छ । जहाँ शैक्षिक सामाग्रीहरुको व्यवस्था पनि छ ।
‘शैक्षिक सामग्री टाँसेर सिकाइमैत्री कोठा बनाइएको छ । छोरा घरभित्र प्रवेश गर्ने बित्तिकै पढाइ सुरु गर्ने माहोल छ । कापी, कलम र पोशाक पढाइकुना भएकै कोठामा राख्ने व्यवस्था समेत छ, यो क्याड नेपालले ठूलो गुन लगाएको छ ।’ उनले भनिन् । कनकासुन्दरीमा पढाइ कुना मात्रै होइन, विद्यालयका कक्षा कोठा छापामय बनाइएको छ । इसिडि कक्षा कोठामा विभिन्न चित्र देखि पठनपाठनका अक्षर छापिएको छ । कक्षा कोठा छापामय हुनुका साथै विद्यालयमा बालमैत्रीपुर्ण शैक्षिक सामाग्री उपलब्ध भएपछि सिकाइस्तरमा व्यापक परिवर्तन देखिएको कोइली चरी माद्यिमिक विद्यालयकि शिक्षिका बसन्ति बुढाले बताइन् । पहिले विद्यालय जान आनाकानी गर्ने नानीबाबु अहिले हाँसिखुसिका साथ पढ्न आउने गरेको उनले बताइन् । इसिडिका बालबालिकाहरुलाई अध्यापन गराउँदा बालबालिकाले पनि पट्यार नमानी सिक्ने गरेको उनको भ
‘कोइलीचरी यो क्षेत्रकै सबैभन्दा ठुलो विद्यालय हो तर पनि साना नानीबाबु विद्यालय आउनै नमान्ने समस्या थियो, क्याड नेपालको सहयोगमा इसिडि कक्षामा भित्ते लेखनका साथै खेल सामाग्रीको व्यवश्थापन भएपछि विद्यार्थी बढेका छन् ।’ उनले भनिन् । युग सुहाउदो शिक्षा प्रदान गर्न क्याड नेपालले सघाएपछि सफा सुग्धर कक्षाकोठामा बालबालिकाहरु रमाइरमाइ पढ्ने गरेको कोइलीचरीका शिक्षक गोर्ख बुढाले बताए । कनकासुनदरी गाउँपालिकाको दुगर्म क्षेत्रमा रहेको कोइलीचरी माद्यमिक विद्यालयको शैक्षिक जग बलियो बनाउन गैरसरकारी संस्था क्याड नेपालको योगदान उल्लेखनीय रहेको उनको भनाई छ । ‘४ दशक अघिसम्म पनि खरानी राखिएको काठको पाटीमा लेखपढ् गर्नुपर्ने बाध्यता थियो, अहिले त जमाना अनुसारको गाउँमै वैज्ञानिक शिक्षा आर्जन गर्न पाउनु पछिल्ला सन्ततिका लागि शौभाग्यको कुरा हो ।’ शिक्षक बुढाले भने ।
आत्म सम्मानका लागि क्याड नेपालले सिंजा क्षेत्रका तिन वटा स्थानीय तह सँगको सहकार्यमा शिक्षामा सकारात्मक परिवर्तन ल्याउन काम गर्दै आएको क्याड नेपाललका परियोजना अधिकृत प्रेम सिंहले बताए । चालु शैक्षिक सत्रमा कनकासुन्दरी गाउँपालिका वडा नम्वर ८ मा शतप्रतिशत बालबालिका विद्यालय भर्ना गर्न सफल भएको उनले बताए । घरघरका पुगेर बालबालिकाको सर्वेक्षण गर्दा ४ जना बालबालिका विद्यालय बाहिर रहेको पाइएपछि उनिहरुलाई शिक्षाको पहुँचमा ल्याएपछि कनकासुन्दरी ८ मा शत प्रतिशत बालबालिका विद्यालयको पहुँचमा आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस