कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध पहिरो पन्छाउन केही दिन लाग्ने समन्वय गरेर मात्र यात्रा गर्न प्रशासनको आग्रह

कर्णाली राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा क्षतिग्रस्त भई यातायात सेवा ठप्प भएको छ। अवरुद्ध सडक सञ्चालनका लागि तीव्र गतिमा पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

​जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंद्वारा जारी सार्वजनिक सूचना अनुसार सडक मर्मत तथा पहिरो पन्छाउने काम सम्पन्न हुन अझै केही दिन लाग्न सक्नेछ। त्यसैले सडक खण्ड पूर्ण रूपमा सुचारु भएपछि मात्र यात्रा गर्न तथा मालसामान ढुवानी गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

​यात्रु तथा सर्वसाधारणको सहजताका लागि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरेर मात्र यात्रा तय गर्न सूचित गरिएको छ।

आपत्कालीन समन्वयका लागि सम्पर्क नम्बरहरू

सडक डिभिजन कार्यालय: ९८५१२७०२५०

जिल्ला प्रहरी कार्यालय: ९८५८३२०४१३

DEOC जुम्ला: ०८७-५२०५३० (हटलाइन: १२३४)

प्रकाशित मिति : २०८३ भाद्र २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस