सिंजामा १० दिने महाेत्सव सञ्चालन हुदै, यस्ताे छ तयारी

जुम्लाकाे सिंजामा वैशाख १२ गते देखि २१ गते सम्म महाेत्सव सञ्चालन हुने भएको छ। कृषि, पर्यटन, व्यापार, भाषा र सँस्कृतिलाई टेवा पुग्ने गरि १० दिन सम्म महाेत्सव सञ्चालन हुने भएकाे हाे।
नेपाली भााषा र सभ्यताको जननी सिंजामा हुन लागेकाे याे महाेत्सवले यहाँको कला, सभ्यता र सँस्कृतिकाे जगेर्ना गर्न सघाउ पुग्ने अपेक्षा राखिएको महाेत्सव आयाेजक समितिका संयाेजक माेहन विक्रम शाहीले जानकारी दिएका छन्।
उक्त महाेत्सवमा देशका ख्याति प्राप्त २० जना भन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुति दिनेछन । साथै स्थानीय स्तरका लाेकप्रिय कलाकारहरूकाे समेत प्रस्तुति रहने छ। सिंजा सञ्चार केन्द्रकाे आयाेजना तथा सिंजा गाउँपालिकाकाे संरक्षणमा सञ्चालन हुन लागेकाे महाेत्सवमा १ सय भन्दा बढि स्टलहरु राखिने छन्।
महाेत्सवमा थप रमाइलोका लागि चर्खे पिङ ,राेटेपिङ , रेल गाडि लगायतका सामाग्री रहने छन् ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस