जुम्लाकाे खाेलीगाउँ बिराली ढुस्कामा ट्याक्टर दुर्घटना, एक जना घाइते

जुम्लाकाे खाेलीगाउँ बिराली ढुस्का भन्ने ठाउँमा ट्याक्टर दुर्घटना भएकाे छ। आज बिहान करिब साढे ८ बजेतिर तिला गाउँपालिका वडा नम्बर ५ खाेलीगाउँकाे बिराली ढुस्कामा ट्याक्टर दुर्घटना हुँदा १ जना घाइते भएका छन्।
कुडारीबाट डुंग्रि गाउँ तर्फ जाँदै गरेकाे भे २ त १७७२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खाेली गाउँका तिल रावत घाइते भएका छन्। चालक भैर रावत भने सकुशल रहेकाे तिला ५ का वडा अध्यक्ष ललित बहादुर शाहीले जानकारी दिएका छन्।
उनका अनुसार तिल रावत ट्याक्टरमा सवार थिए। बिराली ढुि्काकाे उकालाेमा बालुवा बाेकेकाे ट्याक्टर चढ्न नसकेर पछाडी सर्दा पल्टिएको हाे। ट्याक्टर सडकबाट झण्डै १ सय मिटर तल खसेकाे छ। घाइते तिल रावतलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएकाे छ।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस