जुम्लामा वन डढेलाे नियन्त्रण सप्ताह सुरु भएकाे छ। वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि जुम्लामा ‘वन डढेलो नियन्त्रण सप्ताह’ सुरु भएको छ । प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो नियन्त्रण सप्ताह’ मनाइँदै आएको छ ।
वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको हो । सो अवसारमा आज जुम्लामा सञ्चारकर्मी र सराेकारवाला सँग वन डढेलाे नियन्त्रण सम्बन्धि अन्तरक्रिया गरिएको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मीन बहादुुर रावलले डढेलाे न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त महत्त्वपूर्ण हुने बताएका छन्।
सप्ताहका अवसरमा डिभिजन वन कार्यालय जुम्लाले चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने डिभिजन प्रमुख भरत बुढ्थापाले बताए। गत आर्थिक वर्षमा २९ ठाउँमा डढेलाे लागेको थियाे भने याे वर्ष ६ ठाउमा डढेलाे लागेकाे उनले बताए ।
