जुम्लाका समाजसेवी युवा अमर विष्टले हिँयाखाेलाकाे कालिका आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन्।तातोपानी गाउँपालिका वडा नम्बर ६ हिँयाखाेलाकाे कालिका आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका हुन्। उनले कालिका आविका १ सय १० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कामीले जानकारी दिएका छन्।
प्रति विद्यार्थी आधा दर्जन कापी, मञ्जन र दाँत माझ्ने ब्रस सहयोग गरेका हुन। विपन्न परिवारका विद्यार्थीलाई पढाइमा प्रेरणा मिलाेस र सहज हाेस् भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरेकाे युवा अमर विष्टले बताए । विद्यार्थीमा उर्जा र पढाइमा जाेस भरियाेस् भन्ने उदेश्यले सानै भएपनि सहयोग गर्न पाउदा आफू खुसि भएकाे उनले प्रतिक्रिया दिए।
याे सहयोग बिना शर्त र स्वच्छ मनले गरिएको समेत उनले बताए । बालबालिका प्रतिकाे मायालाई कुनै राजनीतिक रङ नदिन समेत उनले अपिल गरेका छन्। आफ्नाे परिश्रम बाट कमाइएकाे पैंसाबाट समाज सेेवा गर्दै आएकाे अमर विष्टकाे भनाइ छ। उनले नेपाल भित्र मात्रै सहयोग गरेका छैनन्। अन्य मुलुकमा समेत समाज सेवा गरेका छन्।
हिँयाखाेलाकाे कालिका आवि जिल्लाकै नमुना विद्यालय मध्यकाे एक हाे। विपन्न परिवारका विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरेकाेमा विद्यालय परिवारले समाजसेवी अमर विष्टलाई धन्यवाद ज्ञापन गरेकाे छ।
