
जुम्लाकाे त्रिवेणी टाेप्ला सडक खण्ड पहिराेले अवरुद्ध बनेकाे छ। शनिवारकाे पहिराेले नुवाकाेट भैयार थान नजिक सडक बन्द भएकाे छ। सडक अवरुद्घ बनेपछि भेरीखाेला क्षेत्रकाे जनजीवन कष्टकर बनेकाे छ। तातोपानी गाउँपालिकाका दर्जनाैं बस्ती रहेकाे भेरिखाेलामा याे सडकले निकै महत्त्व राख्छ। तर सडक अवरुद्घ हुँदा यातायात, ढुवानी सेेवा ठप्प भएकाे तातोपानी गाउँपालिका ७ का राजन कुँवरले बताए ।
यता सडक डिभिजन कार्यालय जुम्लाले भने सडक अवरुद्घ भएकाे थाहा नै नभएको जनाएको छ। त्रिवेणी टाेप्ला खण्ड पहिराले अवरुद्घ भएकाे कुनै खबर प्राप्त नभएको सडक डिभिजन जुम्लाका सुचना अधिकारी प्रदिप चाैंधरीले बताएका छन्।
केही दिन अघि पनि पहिराे गएपनि सडक डिभिजनले पन्छाएर सञ्चालनमा ल्याएको थियाे। तर पछिल्लो पहिराे बारे कुनै जानकारी नभएको सुचना अधिकारी चाैंधरीले बताए । अब सडक खुलाउने बारे बुझेर अगाडि बढ्ने सडक डिभिजनले जनाएको छ।