
तातोपानी गाउँपालिका मा कृषि सहकारी र विद्यालय विच दिवा खाजामा स्थानीय खाद्यान्न आपुर्ति चालु आर्थिक वर्षमा पनि नियमित हुने भएको छ । आज गाउँपालिकाको आयोजनामा लिताकोटमा भएको खाद्यान्न आपूर्ति सम्बन्धि सिकाइ आदान प्रदान कार्यक्रममा विद्यालय र कृषि सहकारी विच खाद्यान्न नियमित रुपमा विद्यालय दिवा खाजाको लागि आपूर्ति गर्ने निर्णय भएको हो । स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रमको हाल सम्मको समिक्षा गर्दै स्थानीय कृषि उत्पादन को दर रेट, विद्यालय दिवा खाजामा आवश्यक पर्ने परिमाण सहित सम्झौता प्रक्रिया अगाडी बढाइएको छ ।
पालिका भित्रका सामुदायिक विद्यालय र विगत १ वर्ष देखि विद्यालय दिवा खाजा मा स्थानीय कृषि उपज कृषक बाट संकलन गरी सामुदायिक विद्यालयहरुमा दिवा खाजा को लागि आपूर्ति गरिरहेका ६ वटा कृषक सहकारी सहित ३५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि प्रधानाध्यापकहरुले विगतको भन्दा दिवा खाजामा स्थानीय कृषि उपजको प्रयोग हुदा विद्यार्थिहरुको कक्षा छोड्ने दर घटेको, कृषकको आम्दानी वृद्धि भएको र विद्यालय लाई पनि सहज भएको बताए । साथै विश्व खाद्य कार्यक्रम रेरास र गाउँपालिकाको सहयोगमा भान्साघर निर्माण, भांडाकुडा व्यवस्थापन तथा शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि हुदा कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहज भएको कुरामा जोड दिएकाे छ ।
धौलिगाड कृषि सहकारी संस्थाकी अध्यक्ष कविता पराजुलीले कार्यक्रम सुरुवातीमा केहि समस्याहरु आय पनि आफ्ना कृषकको उत्पादन आफ्नै बालबालिकालाई उपलब्ध गराउन पाउदा खुशि लागेको बताइन । साथै सहकारीको संस्थागत विकास भइ हाल दिवा खाजामा खाद्यान्न आपूर्तिको लागि आवश्यक भौतिक तथा जनशक्तिको व्यवस्थापन पनि गर्न सहज भएको र यस वर्ष पनि निरन्तर रुपमा माग भए बमोजिमको खाद्यान्न आपूर्ति गर्नेमा जोड दिइन ।
प्रमुख प्रशासकिय अधिकृत तिर्थ कठायतले पालिकाले दिवा खाजा मा लिएको नीति कार्यान्वयन गर्नु सबैको दायित्व भएको र स्थानीय कृषि उत्पादनको प्रयोगलाई अनिवार्य रुपमा दिवा खाजामा प्रयोग गर्नु पर्ने बताए । साथै उनले विश्व खाद्य कार्यक्रमले दिवा खाजा कार्यक्रम व्यवस्थापनको लागि तातोपानी गाउँपालिकामा क्षमता अभिवृद्धि, भान्साघर निर्माण लगायतको क्षेत्रमा करोडौ लगानी गरेको र पालिकाले यसको दिगोपाना तथा प्रतिफलको लागि आफ्नो श्रोत पनि परिचालनलाई निरन्तरता दिएको जानकारी दिए ।
पालिका उपाध्यक्ष रेवती रावलले सहकारी संस्थाहरुले आफ्नो संस्थागत विकासमा जोड दिनु पर्ने, खाद्यान्न आपूर्तिलाई निरन्तरता दिनु पर्ने र बालबालिकाको पोषण र स्थानीय कृषकको आयआर्जनलाई वृद्धि गर्न कार्यक्रम फलदायि हुने बताइन।
गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले सुरुवाती समयमा दिवा खाजा कार्यक्रम व्यवस्थापन मा केहि समस्या देखिए पनि निरन्तरको छलफल र प्रयास पछि पालिका आफैले पनि स्थानीय कृषि उपजको प्रयोग गरि दिवा खाजा व्यवस्थापनमा निरन्तर गर्न सकिने बताए । समय सापेक्ष रुपमा कृषकको उत्पादनको मुल्य सुचिमा केहि परिवर्तन गरिएकोले सहकारी र विद्यालय दुबैले खाद्यान्न आपूर्ति तथा प्रयोगमा सहजता आउने अध्यक्ष चाैंलागाईकाे भनाइ छ । साथै उहांले दिवा खाजा संग जोडिएका भौतिक पूर्वाधार लगायतका समस्याहरु विद्यालयको तर्फबाट पालिकामा पेश गरेको खण्डमा पालिकाले सम्बोधन गर्दै जाने मा जोड दिए।
चालु आर्थिक वर्षमा शैक्षिक सुचना प्रणाली अनुसार बाल विकास देखि कक्षा ५ सम्म ३१ वटा विद्यालयमा २ हजा ५ सय १ विद्यार्थि रहेको र १ करोड बराबरको स्थानीय खाद्यान्न विद्यालय दिवा खाजामा प्रयोग हुने अनुमान गरिएको छ ।