
जुम्लाकाे पातारासी गाउँपालिकामा विद्यालय सहयाेेगीलाई २ दिने पोषिलो दिवा खाजा तयारी सम्बन्धि तालिम सम्पन्न भएकाे छ। पातारासी गाउँपालिकाका २१ वटै सामुदायिक विद्यालय र बालविकास केन्द्रका सहयोगी तथा ७ वटा सहकारीका प्रतिनिधिलाई पाेषिलाे दिवा खाजा तयारी सम्बन्धि तालिम दिइएकाे पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराले बताए ।
जुम्लाकाे अन्नभण्डारका नामले परिचित पातारासी गाउँपालिकाका सामुदायिक विद्यालयमा स्थानीय कृषि उपजमा आधारित पाेषिलाे दिवा खाजा लागू गर्ने क्रममा विद्यालयका सहयाेेगि तथा कृषि समुहका प्रतिनिधिलाई तालिम मार्फत ज्ञान, सीप र उपयाेगबारे प्रभावकारी प्रशिक्षण गराइएको अध्यक्ष बाेहाेराले बताए । विद्यार्थीलाई दिवा खाजामा अर्गानिक र पाेषिलाे कृषि उपज बाट तयार पारेर दिदा यसले एकातिर विद्यार्थीकाे पाेषणमा सुधार ल्याउनुुका साथै अर्काेतिर किसानकाे आयाआर्जन मा टेवा पुग्ने विश्वास गरिएकाे अध्यक्ष बाेहाेराले बताए।
कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा परियोजना अन्तर्गत स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन भइरहेको छ। अर्गानिक कृषि उपजमा आधारित भएर तयार पारिएको दिवा खाजा मेनु कार्यान्वयन गर्दा बालवालिकाको पोषण मा सुधार आउने र स्थानीय कृषकहरुको पनि आयआर्जन वृद्धि हुने अपेक्षा गरेको र दिवा खाजा व्यवस्थापनमा सबै ले आवश्यक सहयोग गर्नु पर्ने पातारासी गाउँपालिकाकि उपाध्यक्ष जनमाया राेकायाले बताएकि छन।
स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि विद्यालयहरुलाई पर्ने समस्याहरु प्रक्रियागत रुपमा पालिकामा आएको खण्डमा गाउँपालिकाकाे तर्फबाट सहयोग हुने उपाध्यक्ष राेकायाले बताएकि छन्। याे तालिम तुरुन्तै लागू हुने भएकाेले पातारासी गाउँपाालिकाका लागि निकै लाभदायक रहेकाे डब्लुएफपिका जुम्ला इन्चार्ज चक्र जिसिले बताए।
पहिले सजिलाेकाे लागि जंक फुड पनि खाजाका रुपमा प्रयाेग हुन्थ्याे। अब बालबालिका हरुकाे स्वास्थ्यलाई केन्द्रमा राखि स्थानीय कृषि उपजबाट अर्गानिक दिवा खाजा दिइने तालिममा सहभागी रेनु बुढाले बताएकि छन्।
निमित्त प्रमुख प्रशासकिय अधिकृत नविन शाहीले पालिकाले कृषक समुह र सरकारीको उत्पादनलाई दिवा खाजामा जोड्दै अगाडी बढ्ने नीति लिएको कुरामा जोड दिदै स्थानीय उत्पादनको प्रयोग मार्फत दिवा खाजा तयारी गर्ने कार्यक्रमलाई अगाडी बढाउने पालिकाले भौतिक पुर्वाधार लगायत का क्षेत्रमा सहयोग गर्ने बताएका छन् ।
स्थानीय उत्पादनमा आधारित दिवा खाजा तयारीको लागि पालिकाले कार्यविधि र एकिकृत मेनु तयारी गरेकोले सबै विद्यालय ले अनिवार्य रुपमा कार्यान्वयन गर्न प्रक्रियागत रुपमा अगाडी बढ्ने प्रतिवद्धता पातारासी गाउँपालिकाकाे तर्फबाट गरिएको छ।
लिवर्ड र विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिम प्रभावकारी भएको र आवश्यक क्षमता अभिवृद्धि भएको र आगामी दिनहरुमा विद्यालयमा मेनुमा आधारित खना तयारी तथा वितरण गर्नको लागि सहयोग भएको तालिमका सहभागले बताएका छन् ।
