खत्याडको राष्ट्रपति रनिङ शिल्डकाे उपाधि महादेव मष्टा नमुना माविले उचाल्याे

मुगुको खत्याड गाउँपालिकामा सम्पन्न चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिताकाे उपाधी महादेव मस्टा नमुना माध्यमिक विद्यालय रातापानीले हात पारेकाे छ। यहि जेठ १५ गतेबाट १६ गतेसम्म सञ्चालन भएको मुगुको खत्याड गाउँपालिका स्तरीय राष्ट्रपति रनिनशील प्रतियोगितामा महादेव मस्टा नमुना माध्यमिक विद्यालयले ८ स्वर्ण ५ रजत र दुई कास्य प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हाे।
खेलकुद तथा साँस्कृतिक प्रतियोगितामा महादेव मस्टा नमुना माध्यमिक विद्यालयले पुरानाे छविलाई बचाउदै यस पटक समेत प्रथम भएकाे साेहि विद्यालयका प्रधानाध्यापक रतन बहादुर शाहीले नयाँ कर्णालीलाई जानकारी दिएका छन्। मष्टा नमुना माध्यमिक विद्यालयमा रतनबहादुर शाहीले २०८१ साउनबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका छन्। उनले जिम्मेवारी काँधमा लिएसँगै विद्यालयले खेलकुद र अन्य क्षेत्रमा समेत थप प्रगति हासिल गरिरहेको छ।
यस्तै प्रतियोगितामा लाेकप्रिय माद्यामिक विद्यालय गम्फा दोस्रो भएको छ। सात स्वर्ण पाँच रजत र ४ कास्य सहित लोकप्रिय मावि गम्थाले दोस्रो स्थान हात पारेको हो। यसैगरी कालिका माध्यमिक विद्यालय ले चार स्वर्ण र ३ रजत प्राप्त गरेको छ।
विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान गर्दै तथा अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूको क्षमता विकास गर्नको लागि चौथो राष्ट्रपति रनिशील्ड प्रतियोगिता सम्पन्न गरिएको खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताएका छन्। राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ चौथो राष्ट्रपति रनिसिल्ड प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न भएको अध्यक्ष शाहीले बताएका छन्

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस