
जुम्लाकाे कनकासुन्दरीमा तिन पालिकाका किशोरी सम्मेलित “कला नै शक्ति” कार्यक्रम सम्पन्न भएकाे छ। हिमा, सिंजा र कनकासुन्दरीका किशोरी सम्मेलित शसक्त बालिका परियोजना अन्तर्गत एक दिने “कला नै शक्ति” कार्यक्रम सम्पन्न भएको छ।आत्मसम्मानका लागि सहकार्य, क्याड र पेस नेपाल जुम्लाको आयोजना, कनकासुन्दरी गाउँपालिकाको साझेदारी र प्लान ईन्टरनेशनलको सहयोगमा कनकासुन्दरीकाे गाेरुचाैरमा उक्त कार्यक्रम सञ्चालन गरिएको हाे।
कार्यक्रममा हिमा, सिंजा र कनकासुन्दरीका गाउँपालिकाका किशाेरीले आफ्नाे साँस्कृतिक प्रस्तुतिबाट परम्परागत हानिकारक अभ्यास कुरिति विरुद्ध संदेश फैलाएका छन्। उनिहरुले बालविवाह, छाउपडि लगायतका कुरिति विरुद्ध देउडा र साँस्कृतिक प्रस्तुति राखेकाे आत्मसम्मानका लागि सहकार्य, क्याड जुम्लाका कार्यक्रम संयोजक राजेश प्रकाश यडिले बताएका छन्।
बाल विवाह, जातिय बिभेद, घरेलु हिंसा, लैंगिक असमानता, महिनावारी बिभेद लगायत सामाजिक मतभेद बारे सबैलाई सचेेत बनाइएको छ।
