तातोपानीमा हिंसा रहित अभिभावकत्व सम्बन्धि सहजकर्तालाई तालिम प्रदान


जुम्लाकाे तातोपानी गाउँपालिकामा हिंसा रहित अभिभावकत्व (सुरक्षित परिवार) सम्बन्धी ५ दिने तालिम सञ्चालन गरिएको छ।
किर्डाक नेपाल सहयात्रा तेस्राे परियाेजनाकाे आयाेजना, सेभ द चिल्ड्रेनकाे सहयाेग र तातोपानी गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकाे समन्वयमा ५ दिने तालिम सञ्चालन गरिएकाे हाे।
हिंसा रहित अभिभावकत्व (सुरक्षित परिवार) सम्बन्धी सहजकर्तालाई ५ दिने तालिममा बालबालिका र आमाबाबु/अभिभावक वा हेरचाहकर्ता बीचमा घनिष्ट सम्बन्ध कायम गर्न सिकाइएकाे छ।
बालबालिकाका सवालमा आइपरेका समस्याहरू आपसमा मिलेर समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्न तालिम प्रभावकारी र उपलब्धिमूलक रहेकाे तालिममा सहजकर्ता रामदेवि बुढाले बताइन्।
हिंसा रहित अभिभावकत्व सम्बन्धि अवधारणाको बारेमा सिकेकाे कुरा आ-आफ्नाे कार्य क्षेत्रमा लागु गर्ने उनले बताइन्।
तातोपानी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्दले तालिममा सिकेका कुरा पालिका भित्र लागु गर्न तालिममा सहभागीलाई अनुराेध गरेका छन्। बालबालिका काँचाे माटाे भएकाेले राम्राे आकार दिन अभिभावकलाई सुसूचित बनाउन सहजकर्ताले भुमिका निर्वाह गर्नुपर्नेमा जाेड दिएका छन्।
तातोपानी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शान्ति भक्रिले बालबालिका संवेदनशील हुने भएकाेले बाल हिंसा न्युनिकरण गर्न तालिमले सघाउ पुर्याउने सवालमा उनले विश्वास व्यक्त गरेकि छन्।
घर परिवार र समुदायमा वालबालिकाहरुले भोग्नु परेका हिंसा र यसले पार्ने नकारात्मक असर र कानुनी प्रावधानहरुको वारेमा तालिममा सिकाइएकाे परियाेजना व्यवस्थापक राम बहादुर रावतले जानकारी दिए।
प्रशिक्षक तथा सहयात्रा तेस्राे परियाेजना संयाेजक प्रकाश बहादुर शाहीकाले तालिममा पारिवारिक बैठक, आचारसंहिताका सवालमा प्रशिक्षण गरिएकाे छ।

यस्तै सेभ द चिल्ड्रेनका परियाेजना संयाेजक जगदीश सिंहले बालबालिकामा गरिएको लगानी ले भविष्यमा राम्राे प्रतिफल दिने बताए । नेपालको संबिधान २०७२ को धारा ३९ को उपधारा ७ र बालबालिका सम्वन्धी ऐन २०७५ दफा ६६ र ७२ अनुसार कुनै पनि बालबालिकाहरुलाई घर बिद्यालय वा अन्य जुनसुकै स्थान वा अवस्थामा शारिरीक, मानसिक, वा अन्य कुनै किसीमको यातना दिन नपाईने भन्ने प्रावधानलाई हिंसारहित अभिभावकत्वको साझा अवधारणा मार्फत समुदायमा प्रभावकारी रुपमा कार्यन्वयन गर्नका लागि तालिममा प्रशिक्षण गरिएको बताएका छन्।
हिंसा रहित अभिभावकत्व सम्बन्धि तातोपानी १ र २ नम्वर वडाका ८ जना सहजकर्तालाई तालिम प्रदान गरिएको छ। याे चार महिना सम्म सञ्चालन हुने छ। यसमा ६ देखि १७ वर्ष सम्म बालबालिका र उनिहरुका अभिभावक सहभागी हुनेछन्। हिंसा रहित अभिभावकत्व सम्बन्धि सत्र तातोपानी का आठ वटै वडामा सञ्चालन हुनेछ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस