
जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्बर ५ काे लाेर्पा गाउँबाट शंकर माद्यामिक विद्यालय सम्म सडक पुगेकाे छ। लाेर्पा गाउँ हुदै सडकले आधाभूत स्वास्थ्य चाैकि र शंकर माद्यामिक विद्यालयलाई जाेडेकाे पातारासी ५ का वडा अध्यक्ष दत्त बहादुर बुढाले जानकारी दिएका छन्।
याे भन्दा अघि विद्यालय र स्वास्थ इकाइमा सडक नहुँदा समस्या भइरहेकाे छ। सडककाे ट्रयाक खुलेपछि बिरामीका लागि एम्बुलेन्स सेवा र निर्माण सामाग्रीका सामान ढुवानीमा सहज हुने अध्यक्ष बुढाले बताए ।
लाेर्पा गाउँबाट विद्यालय सम्मकाे ६ सय मिटर दुरि रहेकाे छ।
माथिलाेर्पा र तललाेर्पा गाउँमा सडक पुगेतापनि विद्यालय र स्वास्थ्य इकाइ सम्म भने सडक पुगेकाे थिएन। विद्यालय सम्म सडक बनाउनका लागि ३ लाख बजेट भएतापनि अहिले अपुग भएकाे छ, काम बढि भएकाे छ। बजेट थप्ने सहमतिमा सडक पुर्याइएकाे अध्यक्ष बुढाले जानकारी दिए।
प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार