जुम्लामा लागु औषधको कसुरमा १ हप्ता भित्र ७ जना पक्राउ

चालू आ.व.मा २८ जना पक्राउ, १४ वटा मुद्धा दर्ता

जुम्लामा आगुऔषध नियन्त्रणमा प्रहरी आक्रमक बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले १ हप्ता भित्र लागु औषधको विभिन्न कसुरमा ७ जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा १ हप्ताभित्र ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरि नायव उपरिक्षक छेदिलाल कामतिले बताएका छन् । जिप्रका जुम्लाबाट खटिएको टोलीले उनिहरुको साथबाट १ सवारी साधन, १ हजार ६ सय ८० मिलिग्राम प्रतिबन्धित लागु औषध सहित ७ जनालाई पक्राउ गरि अनुसन्धान भइरहेको डिएसपि कामतिले जानकारि दिएका छन् ।
पक्राउ पर्नेमा तातोपानी गाउँपालिका ५ का २९ वर्षका नन्दलाल सार्की, २० वर्षका पंकज सार्की, २० वर्षका प्रवेश नेपाली यस्र्तै तातोपानी ६ धौलपानीका १८ वर्षका रोशन कठायत, सोहि ठेगानाका १९ वर्षका सुरेन्द्र डाँगी रहेका छन् । यस्तै सिंजा गाउँपालिका २ का जीवन खत्रि र चन्दननाथ ९ का अटो चालक सुनिल कामी पक्राउ परेका छन् ।

चालु आर्थिक वर्ष ०८१/०८२ मा लागु औषध सम्बन्धि १४ वटा मुद्धा दर्ता भएको र २८ जना प्रतिवादी पक्राउ परेको डिएसपि कामतिले बताएका छन् । चालु आ.व. मा ११ वटा ब्राउन सुगर, २ वटा चरेस र १ ट्रामाडोल गरि १४ वटा मुद्धा दर्ता भएकोे उनले जानकारी दिए । गत आर्थिक वर्ष ०८०/०८१ भित्र जुम्लामा जम्मा १६ वटा मुद्धा दर्ता भएकोमा यो वर्ष बढेको उनले बताए ।.लागु औषध नियन्त्रणका लागि जुम्लाका ८ वटै स्थानीय तहले किटको प्रयोगबाट लागु पदार्थ सेवन (लापसे) चेक गर्नुपर्नेमा उनले जोड दिएका छन् ।


     

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस