कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा देश–विदेशमा छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको देश–विदेशमा चर्चा  भइरहेको बताएका छन् । कुनै समय सिटामोल नपाइने, विरामी रेफर गर्ने जुम्लाले अहिले डाक्टर उत्पादन गर्न थालेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा चुलिदै गएको बताएका हुन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा पुगेका प्रधानमन्त्री ओलीले भने, ‘कर्णाली अगाडी बढ्दै छ, अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चर्चा केवल कर्णाली क्षेत्रमा मात्रै सिमित छैन, यसको चर्चा देश–विदेशमा छ ।’  
भर्खरै संयुक्त राष्ट्रसंघको महासभामा जाँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, धुलिखेल र काठमाण्डौं स्थित प्रतिष्ठानको अवश्था र योगदान बारे चर्चा गर्ने अवशर पाएको प्रधानमन्त्रि ओलीले बताए । प्रतिष्ठानले दुर्गम कर्णाली र सुदरपश्चिमका गरि १३ वटा जिल्लाका नागरिकलाई सेवा दिनु गौरवको कुरा रहेको प्रधानमन्त्री ओली भनाई छ । यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्णालीलाई स्वास्थ्य क्षेत्रको उत्पादन केन्द्रका रूपमा विकास गर्न जरुरी रहेको बताएका छन् । यसका साथै स्वास्थ्यमन्त्री पौडेलले कर्णालीमा पढेर दीक्षित भएका विद्यार्थीले कर्णालीमै काम गर्नुपर्ने पनि बताए ।
बिहिबार (आजै) प्रधानमन्त्रि ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समाहोरबाट ५८ जना विद्यार्थी दीक्षित भएका छन् । प्रतिष्ठान स्थापना भएको झण्डै डेढ दशकपछि ५८ जना विद्यार्थी दिक्षित भएका हुन् ।
उक्त दीक्षान्त समारोहबाट प्रतिष्ठानका अनुसार स्नातकतर्फ १३ जनाबीएमएस ३८ जना बीपीएच, र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी दीक्षित भएका छन्। । प्रतिष्ठानका रेक्टर डाक्टर डबल धामीका अनुसार दीक्षान्त समारोहमा पाँच जना उत्कृष्ट विद्यार्थीलाई कुलपति स्वर्ण पदकले सम्मानित गरिएको छ

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस