
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर २ स्थित हिमशिखर माद्यमिक विद्यालयका छात्रछात्राले शौचालयको समस्या झेलिरहेका छन् । हाल ५ सय ५८ जना विद्यार्थीले अध्ययन गरिरहेको हिम शिखर माद्यमिक विद्यालयमा शिक्षक, छात्रा र छात्रको शौचालय पुग्ने बाटो एउटै हुँदा र शौचालय अपर्याप्त हुँदा समस्या भइरहेको छात्रा पुष्पा परियारले बताएकि छन् ।
‘एक त पानी र्नै हुदैन, शौचालय एकै ठाउँमा हुँदा छात्र, छात्रा र शिक्षकलाई बाटो एउटै पर्छ, फरक ठाउँमा र व्यवस्थित शौचालय भएको भए सहज हुनेथियो ।’ कक्षा १० मा अध्ययनरत छात्रा पुष्पा परियारले भनिन् । विद्यालयमा पानी समेत अभाव भइरहेको उनले गुनासो गरिन् । आधा दर्जन बढि गाउँका विद्यार्थीले अध्ययन गरिरहेको यो विद्यलयमा खानेपानी र शौचालयको उचित व्यवश्थापन हुन नसकेको निमित्त प्रधानाध्यापक राजु केसिले बताए ।

कक्षा १२ सम्म पठनपाठन भइरहेको हिमशिखर माविमा शिक्षक बिच तालमेल नमिल्दा विद्यालयमा समस्या निम्तिरहेको तातोपानी २ का वडा अध्यक्ष चन्द्रमान बुढाले बताए । खानेपानी रातदिन आइरहे पनि पानी शौचालय सम्म नपुग्दा फोहोर भएको उनले बताए । छात्रछात्राको शौचालय फरक फरक भएको तर वरिपरि हुँदा समस्या भएको उनले जानकारी दिए ।
तातोपानी गाउँपालिकामा गैरसरकारी संस्था किर्डाक ले शिक्षा क्षेत्रमा काम गरिरहेको छ । किर्डाक नेपाल अन्र्तगतको ‘सहयात्रा परियोजना’ व्यवस्थापक कृष्ण बहादुर शाहिले तातोपानीका विद्यालयमा भएका समस्या पहिचान गर्ने र आवश्यकता अनुसार सर्पोट गर्ने बताए । हिमशिखर माविमा मात्रै नभएर अन्य सामुदायिक विद्यालयमा खानेपानी र शौचालयका समस्या भए प्राथमिकताका आधारमा बजेटको सिमिततालाई ध्यानमा राखेर सहयोग गर्ने उनले बताए ।
‘किर्डाक सँग यो वर्ष सहायता प्रदानका लागि अन्य विद्यालयमा रंगरोगन, भित्ते लेखन को काम भइरहेको छ, हिमशिखर मावि तातोपानीलाई सन् २०२५ का लागि प्राथमिकतामा राखिएको छ, तर हिमशिखर भन्दा जटिल अन्य विद्यालयमा समस्या जटिल भए त्यता सहयोग गर्नुपर्ने पनि हुनसक्छ ।’ सहयात्रा परियोजना व्यवस्थापक शाहीले नयाँ कर्णाली सँग भने ।