जुम्लाकाे हिमा गाउँपालिका भित्रका दुइवटा माद्यामिक विद्यालयमा भैरे टिमले जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेकाे छ। आज (मंगलबार) हिमा गाउँपालिका वास इकाई काे आयाेजना तथा भेरिखाेला मल्टिप्रपाेज मिडिया प्रालि ( नयाँ कर्णाली) काे समन्वयमा हिमा ३ माेफ्लाकाे राहदेव मावि र हिमा १ बड्की काे कालिका माविमा जनचेतनामूलक सडक नाटक देखाइएको हाे।
अभिभावक, विद्यार्थीका माझ सबैका लागि दिगाे खानेपानी, सरसफाइ, स्वच्छता र मर्यादित महिनावारी का विषयमा सडक नाटक प्रदर्शन गरिएकाे सुस्वा आयाेजना वास इकाई कार्यालय हिमा कि वास संयाेजक सुमिता शाहीले बताइन।
कालिका मावि बड्किका प्रधानाध्यापक खम्बा शाहीले सभ्य समाज निर्माणका लागि संदेश, मनाेरञ्जन र सचेतना लियर पुगेकाे कलाकार टिमलाई धन्यवाद ज्ञापन गरे। भाैतिक विकास सँगसँगै सामाजिक विकास पनि आवश्यक रहेकाेले गाउँबस्तीमा सचेतना कार्यक्रम सञ्चालन हुनु खुसिकाे कुरा भएकाे उनले बताए ।