जुम्लाकाे पातारासी गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष दत्त बुढाले आफुले चलाउदै आएकाे माेटरसाइकल प्रहरी चाैकिलाई हस्तान्तरण गरेका छन्। पातारासी क्षेत्रमा शान्ति सुरक्षा, अमनचयन कायम राख्न र अपराध, चाेरि डकैती नियन्त्रण गर्न प्रहरीलाई सहज हाेस् भन्दै वडाका दुइवटा माेटरसाइकल प्रहरी चाैकिलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष दत्त बुढाले बताए। आफुले चलाउदै आएकाे नयाँ बाइक (आरटिआर १६० सिसि) पातारासी ४ काे डिल्लीचाैर प्रहरी चाैकिलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष बुढाले नयाँ कर्णालीलाई जानकारी दिएका छन्।
यस्तै वडाका प्राविधिकले प्रयाेग गरिरहेकाे पल्सर बाइक (१६० सिसि) पातारासी २ काे तल्फी प्रहरी चाैकिलाई हस्तान्तरण गरिएको उनले बताए । पातारासीमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा सघाउ पुर्याउन आफू चढ्ने बाइक समेत प्रहरी चाैकिलाई हस्तान्तरण गरेका वडा अध्यक्ष बुढाले समाजका लागि सकेजति याेगदान दिनुपर्ने बताउन्छन्।
जताततै जनप्रतिनिधिको कार्यशैलीबाट नागरिकमा निराशा छाइरहेकाबेला वडा अध्यक्ष दत्त बुढाकाे याे कदमले जनताकै हितका लागि त्याग गर्नसक्ने जनप्रतिनिधि समेत रहेकाे संदेश प्रवाह गर्न सफल भएका छन्। पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिंह बाेहाेराकाे राेहबरमा बाइक प्रहरी चाैकिलाई हस्तान्तरण गरिएकाे हाे।
वडा अध्यक्षले आफु चढ्ने माेटरसाइकल समेत प्रहरी चाैकिलाई हस्तान्तरण गरे
प्रकाशित मिति : २०८१ असार ३२ गते सोमवार
प्रतिक्रिया दिनुहोस