
जुम्लाकाे सबैभन्दा ठूलाे ताल गिडिदहकाे क्षेत्रफल सार्वजनिक भएकाे छ। तातोपानी गाउँपालिकाकाे आयाेजनामा डिडिदहकाे नापजाँच अध्ययन प्रतिवेदन सार्वजनिक गरिएकाे हाे। काठमाडौं विश्व विद्यालयले तयार पारेकाे डिडिदहकाे नापजाँच अध्ययन प्रतिवेदन अनुसार गिडिदहकाे कुल लम्बाई लम्बाई १५१० मिटर र गहिराड ४२.३ मिटर रहेकाे छ।
काठमान्डाै विश्वविद्यालयका उपप्रध्यापक रामदेवी तचामाे शाहले तालकाे नापजाँच प्रतिवेदन सार्वजनिक गर्दै तालकाे दुई खण्ड बिचकाे वहाबकाे भाग २ सय मिटर लम्बाई रहेकाे बताइन्।
कुल १५ लाख बजेटमा काठमाडौं विश्वविद्यालयले नापजाँच प्रतिवेदन तयार गरेकाे तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए । साबिक कर्णाली क्षेत्रकै तेस्राे ठूलाे ताल गिडिदहकाे प्रवर्द्धन र संरक्षणमा तातोपानी गाउँपालिकाकाे सामु जिम्मेवारी थपिएको उनले बताए।
तातोपानी ४ का वडा अध्यक्ष अमर राेकायाले गिडिदह सम्म पुग्ने पैदल बाटाे निर्माण भइसकेकाे बताएका छन्। यस्तै कार्यक्रममा बाेल्दै पुर्वराज्यमन्त्री गाेमा गाैतम कुँवरले जुम्लाका पर्यटकीय क्षेत्रकाे प्रवर्द्धन र संरक्षणका लागि आफू तत्पर रहेकाे बताइन। तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले गिडिदहमा पर्यटक भित्र्याउन आफ्नाे कार्यकाल भित्र फुल्चाैल्या सम्म सडक निर्माण गरिसक्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
