तातोपानी ४ ले महिला स्वास्थ्य स्वयंसेविकालाई प्राेत्साहन स्वरुप पाेशाक दियाे

तातोपानी गाउँपालिका वडा नम्बर ४ ले महिला स्वास्थ्य स्वयंसेविकालाई पाेशाक हस्तान्तरण गरेकाे छ। तातोपानी ४ काे चालू आर्थिक वर्षकाे स्वीकृत कार्यक्रम अनुसार हाँकु स्वास्थ्य चाैकिमा आवद्व महिला स्वास्थ्य स्वयंसेविकालाई पाेशाक (धाेति,चाेला र सल) प्रदान गरिएकाे तातोपानी ४ का वडाध्यक्ष अमर राेकायाले जानकारी दिएका छन्।
गाउँका डाक्टर मानिने महिला स्वास्थ्य स्वयंसेविकालाई प्राेत्साहन स्वरुप ५० हजार बजेटकाे परिधिभित्र रहि पाेशाक प्रदान गरिएको वडाध्यक्ष राेकायाले नयाँ कर्णालीलाई जानकारी दिएका छन्।
तातोपानी गाउपालिका ४ नं वडाका ११ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पाेशाक हस्तान्तरण गरिएकाे हाे । वडामा जम्मा १२ जना स्वास्थ स्वयंसेविका हुधन्, तर एक जना ६० वर्ष पुगेर स्वयंसेवाबाट अवकाशप्राप्त भइसक्नुभएकाेले ११ जनालाई मात्रै पाेशाक दिइएकाे छ, वडा अध्यक्ष राेकायाले भने।
स्वास्थ क्षेत्रमा स्वयंसेवककाे रुपमा सेवा गर्ने महिला स्वयंसेविकाहरु काे हाैसला र उत्प्रेरणाका लागि व्यवस्थापन गरिएको पाेशाक बितरणले उनिहरुकाे मनाेवल उच्च हुने र सबै बालवालिका तथा सुत्केरीकाे स्वास्थ सेवामा समर्पित हुने अपेक्षा गरिएको वडा सचिव टीकाराज न्याैपानेले बताएका छन्।

प्रकाशित मिति : २०८० चैत्र ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस