दिगाे र गुणस्तरीय आयाेजनाका लागि तातोपानीका उपभोक्ता समितिलाई तालिम

विकासमा असारे प्रवृत्ति हटाउने अभ्यासमा तातोपानी गाउँपालिका

कार्तिक २१, २०८०
जुम्लाकाे तातोपानी गाउँपालिकाले पालिका, प्रदेश र संघीय सरकारकाे अनुदानमा सञ्चालन हुने आयाेजनाकाे उपभोक्ता समितिलाई क्षमता अभिवृद्धि तालिम दिएकाे छ। आज आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिका, प्रदेश र सघिय सरकारको अनुदानमा संचालन हुने योजनाहरुको उपभोक्ता समितिका पदाधिकारीहरुलाई एक दिने क्षमता अभिवृद्धि तालिम दिइएको हाे।
पालिकाका ८ वटै वडामा गठन भएका उपभोक्ता समितिका पदाधिकारी (अध्यक्ष सचिव र कोषाध्यक्षहरु)लाई उपभोक्ता समिती गठन, उपभोक्ता समितिको काम कर्तव्य र अधिकार, पेस्की र अन्तिम भुक्तानी, योजना अनुगमन र मुल्यांकन प्रक्रिया, योजना कार्यान्वयनमा आईपर्ने समस्या, चुनौती र योजनाको दिगोपन, सार्वजनिक सुनुवाई र सामिजिक परिक्षण, लगत इस्टिमेट्, डिजाईन, दररेट सम्बन्धि जानकारी तथा निर्माण सामाग्रीको गुणस्तर र परिणाम विषयमा प्रशिक्षण दिइएको हाे।
यसका साथै, लेखा सम्बन्धी भुक्तानी प्रक्रिया, खर्चको लेखांकन र अभिलेख व्यवस्थापन सम्बन्धी समेत तालिम दिईएकाे हाे। पालिकाका ८ वटा वडा मध्य वडा नम्वर १,२ र ३ का ८४ जना उपभाेक्ता समितिका पदाधिकारीहरुलाई कार्तिक २० गते लिताकोटमा र २१ गते वडा ४,५ र ६ का ६९ जनालाई ऐरेनिमा तालिम दिईएको हो । यस्तेै तातोपानी ७ मा दशै अगावै तालिम सम्पन्न भएको थियाे। तातोपानी मा मात्र तालिम दिन बाकी रहेको छ ।
तालिमको मुख्य उदेश्य असारे बिकासको अन्त्य गरि बैशाख मसान्त भित्र सम्पुर्ण यिजनाको कार्यसम्पन्न गरि अन्तिम भुक्तानी दिनु र उपभोक्ता समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गरि योजनामा गुणस्तरीयता र दिगोपन कायम राख्नु रहेकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैंलागाईले बताए ।
उपभोक्ता समिति गठन देखि अन्तिम भुक्तानी सम्मको जानकारी दिई उनिहरुको कामलाई सहज र सरल बनाउनु, अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनु तथा योजना कार्यान्वयनलाई पारदर्शी बनाउनु तालिमकाे उदेश्य रहेकाे छ । तालिममा बोल्दै अध्यक्ष चौलागाईले तालिमले योजना कार्यान्वन सहजता आउने र गुणस्तरीयता कायम रहने विश्वास व्यक्त गरेका छन्। साथै बैशाख मसान्त भित्र योजनाको काम सम्पन्न नगरेको पाइएमा भुक्तानी दिन असमर्थ रहने र त्यसको जिम्मेवार स्वयंम उपभाेक्ता समिति हुने अध्यक्ष काे भनाइ छ । काम गुणस्तर नभए कुनै आग्रह र पुर्वाग्रहमा भुक्तानी नदिइने अध्यक्षकाे भनाइ छ ।
पालिकाले योजनाको दिगो व्यवस्थापनका लागि योजना बिमा नितिमै रहेको र बजेटको व्यवश्था समेत भइसकेकाले छिटै ठुला योजनाको बिमा गरिने अध्यक्ष चाैंलागाईले बताएका छन्।
तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावलले कार्यक्रममा बोल्दै आफू योजना अनुगमन तथा मुल्यांकन समितिको सयोजक भएको हैसियतले योजनाको परिमाण र गुणस्तर बाहेक अरुमा सम्झौता गर्न नसकिने बताएकि छन् । अधुरो कामको भुक्तानिको लागि सिफारिस गर्न नसकिने र उनकाे भनाइ छ । योजना दिगो बनाउन कार्यालय मात्र नभैइ उपभाेक्ता समिति र समुदाय आफै अग्रसर हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले बताए।
तालिमको प्रशिक्षण प्रमुख प्रशाकीय अधिकृत तिर्थ बहादुर कठायत, योजना अधिकृत ओम बहादुर चन्द, इन्जिनियर डिल्ली बहादुर बुढा र लेखापाल शिवराज न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस