
जेठ २९, २०८०
यतिबेला तराईमा प्रचण्ड गर्मि छ । पुस, माघमा हिमाल छोड्नेहरु अहिले फर्कदैछन् । तराईको फाँटमा गर्मिले सताइरहदा हिमालको सिरसिरे बतासले साथ दिदै छ । कठ्यांग्रिदो जाडो काटेर अनुकुल मौसम पाएका जुम्ली किसान अहिले फलेका स्याउ बगैंचा हेरेर दंग छन् ।
कृषिमा आधुनिकिकण को लहरले जुम्लालाई पनि छोएको छ । केहि वर्ष यता इटालिएन जातको फुजी स्याउ खेती आक्रमक रुपले बढिरहेको छ । लोभ लाग्ने फुजी स्याउका बगैंचाले कृषि पर्यटनको रेखा कोर्दैछन् । व्यवसायिक स्याउ खेतीले कृषि पर्यटनको आधार तयार गरिरहेको छ ।
आउनुहोस्, आज मिनि गुठिचौरको विशाल स्याउ बगैंचा घुम्ने प्रयास गरौं । समुन्द्रि सतहबाट २ हजार ८ सय ५० मिटर उचाईमा अवस्थित मिनि गुठिचौरमा १४ हजार बगैंचाको एकिकृत स्याउ बगैंचा छ । २२ हेक्टर क्षेत्रफलमा रोपिएका १४ हजार फुजी स्याउले कृषि क्रान्तिको विगुल फुकेको आभाष दिलाउन्छ ।
हिमाली टि एण्ड एग्रो फार्मले आगमी वर्ष ४१ हजार विरुवा रोप्ने तयारी गरेको छ । प्रत्येक दिन १६ जना कर्मचारीको रेखदेखमा बगैंचा व्यवस्थित बन्दै छ । स्वदेशमा हिरा फलाउने सपना देखेर हिमाली टि एण्ड एग्रो फार्म सञ्चालन गरेका टंक गिरी आंशिक उदेश्य पुरा भएको बताउन्छन् । यद्यपि बगैंचा विस्तारले निरन्तरता पाउने छ ।
‘किसानको नाताले कृषि पेसालाई मर्यादित र व्यवस्थित बनाउने योजना अनुरुप ५५ हजार विरुवा रोप्ने लक्ष्यका साथ बगैंचा स्थापना गरिएको हो, यो वर्ष ५० टन उत्पादन गर्ने लक्ष्य राखिएको छ ।’ उनले भने । ३० वर्ष सम्म लिजमा लिएको जग्गामा स्थापित बगैंचाले रोजगार सृजना, कृषि पर्यटन प्रवर्दनमा टेवा पुर्याउने उनले बताए । जेठ २७ गते एग्रो फार्मले सरोकारवाला सँग समन्वयात्मक कार्यक्रम समेत सम्पन्न गरेको छ ।
दिनानुदिन यूवा विदेश पलाएन भइरहदा कृषिमा आधुनिकिकरणको यो प्रयासले सुखद् संदेश दिएको यूवा लक्ष्मण सुनारले बताए । हिमाली टि एण्ड एग्रो फार्मको यो अभ्यासले आशा र निराशाको समिश्रण बोकेको गुठिचौर गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष अर्जुन कुमार महताराले बताए । ‘यो बगैंचाले एकातिर रोजगारी सृजना र कृषि पर्यटनको चमक दिएको छ, अर्कोतिर फुजी स्याउ विमा भित्र नपर्ने भएकोले जोखिम पनि छ, आशा र निराशाको बिच्च बिच्चमा छ, मिनि गुठिचौरको फुजी स्याउ बगैंचा ।’ वडा अध्यक्ष महताराले भने ।
बगैंचा हिमालको छेउमा भएकोले असिनाको जोखिम रहेको फार्मका प्राविधिक हिक्मत रोकायाले बताए । प्राकृतिक जोखिमबाट किसान सुरक्षित हुनका लागि फुजी स्याउलाई बिमाको दायरा भित्र ल्याउन सरकारी प्रयास आवश्यक रहेको उनले बताए । जुम्ला अर्गानिक जिल्ला भएकोले उत्पादन बढाउन जैविक मल कारखाना खोल्नु आवश्यक रहेको उनले बताए ।
जुम्लाको भविष्य स्याउ ओखरमै रहेको कृषि विकास कार्यलय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । व्यवसाियक स्याउ खेतीबाट मात्रै किसानको गुणस्तरीय जीवन सम्भव रहेको उनले बताए । किसानका उन्नती र विकासका लागि गाउँपालिका सचेत रहेको गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए ।