
जेठ ११, २०८०
जुम्लाको पातारासी गाउँपालिका वडा नम्वर पाँच लासीमा अवस्थित ज्योती आधारभूत विद्यालयकि शिक्षिका सरस्वती कुमारी बुढाले विपन्न विद्यार्थीलाई कपडा सहयोग गरेर आफ्नो जन्मदिन मनाएकि छन् । आफ्नो ३५ औं जन्म दिनको अवशरमा ज्योती आधाभूत विद्यालयमा तीन जना छात्राहरुलाई कपडा सहयोग गरेर जन्म दिन मनाएकि हुन ।
फजुल खर्च गरेर जन्म दिन मनाउने अभ्यासलाई निरुत्साहित गर्दै प्रत्येक वर्ष विपन्न विद्यार्थीलाई सहयोग गरेर जन्मदिन मनाउने शिक्षिका बुढाले बताईन । ‘फजुल खर्च गरि तामझामका साथ जन्म दिन मनाउने गलत अभ्यास भइरहेको छ, सानो भएपनि केहि रचानात्कम काम गरेर जन्म दिन मनाउनु पर्छ भन्ने लाग्छ ।’ शिक्षिका बुढाले नयाँ कर्णाली सँग भनिन् ।
शिक्षिका बुढा ज्योती आधाभूत विद्यालयकि प्रधानाध्यापक समेत हुन । सबै सँगै बाचौं भन्ने भावनाबाट प्रेरित भएकोले जन्मदिनमा विपन्न विद्यार्थीलाई सहयोग गरेको उनले बताइन ।