हिमा गाउँपालिका वडा नं. १ जुम्लामा पालिकास्तरीय भलिबल तथा सांस्कृतिक कार्यक्रम हुने

युवा जागरण खेलकुदको विकास र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ जुम्लाको हिमा गाउँपालिका वडा नं. १ मा पालिकास्तरीय भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। वडाको लगानी पालिकाभित्रका खेलाडी भन्ने मुख्य नारासहित यो भव्य कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

​हिमा गाउँपालिका वडा नं. १ जुम्लाको आयोजना तथा Galaxy Union Jumla को सहजीकरणमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ। खेलकुद प्रतियोगिता कालिका आधारभूत विद्यालयको प्राङ्गण देवार गाउँ मा सम्पन्न हुनेछ।

​स्थानीय खेलाडीहरूको प्रोत्साहनका लागि प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रथम पुरस्कार रु. ५०,०००/- (पचास हजार रुपैयाँ)
द्वितीय पुरस्कार रु. २५,०००/- (पच्चीस हजार रुपैयाँ)
तृतीय पुरस्कार रु. १०,०००/- (दश हजार रुपैयाँ)
सान्त्वना पुरस्कार रु. ५,०००/- (पाँच हजार रुपैयाँ)
टिम दर्ता शुल्क रु. २,०००/- (दुई हजार रुपैयाँ)
टिम दर्ता गर्ने अन्तिम मिति: २०८३/०७/२० गते बेलुका ६ बजेसम्म
खेल सञ्चालन मिति: २०८३/०७/२१ गते बिहान ११ बजेदेखि सुरु हुनेछ

​प्रतियोगिताका मुख्य नियमहरू:

यो प्रतियोगिता पालिकाभित्रका वडा तथा गाउँस्तरीय रूपमा सञ्चालन हुनेछ।

नियमअनुसार एउटा वडाको खेलाडी अर्को वडाको टिममा समावेश गर्न पाइने छैन।

प्रतियोगिता सञ्चालन नियमअनुसार कर कट्टी हुनेछ।

​सांस्कृतिक आकर्षण तथा विशेष उपस्थिति:

​कार्यक्रममा खेलकुदसँगै स्थानीय कला र संस्कृतिको जगेर्ना गर्ने गरि सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिनेछन्। साथै कार्यक्रममा विभिन्न देउडा खेलाडी तथा मानबहादुर कुँवर (भैरे) र गायक तथा उद्घघोषक भिजन वड (कोइला भाई) को पनि विशेष उपस्थिति रहनेछ।

​टिम दर्ता तथा थप जानकारीका लागि निम्न व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ।

१. दुर्ग बहादुर शाही – ९८६४८७६६०५

२. गोगन बहादुर शाही – ९८६४९५३२४३

३. सुशील अधिकारी – ९७६२१०९६२८

४. भैरव रोकाया – ९७४४२६००९५

५. बिर्ख नेपाली – ९७६९४२४४०७

​कार्यक्रमको समन्वय वडा सदस्य पूर्ण बहादुर शाहीले गर्नुभएको छ भने उहाँको सम्पर्क नम्बर ९८६६१७५९४६ रहेको छ।

​आयोजकले पालिकाभित्रका सम्पूर्ण खेलप्रेमी युवा तथा महानुभावहरूलाई तोकिएको मितի र समयमा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल पार्न हार्दिक अनुरोध गरेको छ। 

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस