
कर्णाली राजमार्गकाे जुम्ला खण्डमा पर्ने राँका गाउँ नजिक खसेकाे पहिराे पन्छाउन सुुरु गरिएको छ। अविरल बर्षाको कारण नाग्मा जुम्ला सडक खण्डको तातोपानी गाउँपालिका १ राँकामा पहिराे खस्दा सडक अवरुद्घ भएकाे छ। राँकामा ढुङ्गा सहितको पहिरो आइ सडक पूर्ण रुपमा अवरुद्ध भएकोले पहिराे पन्छाउन सुरु गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ।
फेसबुक पेज मार्फत सडक डिभिजन जुम्लाले जानकारी गराएकाे हाे।
प्रकाशित मिति : २०८२ साउन २४ गते शुक्रवार