प्रेमबहादुर अधिकारीको संयोजकत्वमा ‘नागरिक समाज सञ्जाल’ गठन

किर्डाक नेपाल द्धारा सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत प्रेम बहादुर अधिकारीको संयोजकत्वमा तातोपानी गाउँपालिकामा पालिकास्तरीय नागरिक समाज सञ्जाल गठन गरिएको छ । बालबालिकाको विभिन्न समस्या र सवालको वकालत र पैरवी गर्न तातोपानीमा प्रेम बहादुर अधिकारीको संयोजकत्वमा १९ सदस्यीय नागरिक समाज सञ्जाल गठन गरिएको हो ।
समाजका सबै स्वतन्त्र क्षेत्रबाट समावेशी रुपमा सहभागी भई गठन भएको नागरिक समाज सञ्जालले बालबिवाह, बालश्रम, लागुपदार्थ दुव्र्यसनी, बाल हिंसाका विरुद्धमा उभिएर सकारात्मक सञ्चारमा टेवा दिने किर्डाक नेपाल अन्र्तगत बाल अधिकार शासन तथा बाल संरक्षण परियोजनाका संयोजक प्रकाश शाहिले बताए । बालबालिका केन्द्रित संघ संस्थालाई जोडेर पालिकाका बालबालिका, महिला तथा सिमान्तकृत व्याक्ति लक्षित विषयहरुको पहिचान गर्ने, विश्लेषण गर्ने र समाधानका लागि एकिकृत पहल गर्ने यो सञ्जालको कर्तव्य हुने उनले बताए ।
यस्तै नागरिक समाज सञ्जालका संयोजक पे्रम बहादुर अधिकारीले गैर नाफामुलक व्याक्तिको सहभागितामा बनेको सञ्जालले तातोपानीमा कुनै आग्रह र पुर्वाग्रह नराखि बालबालिकाका सवालमा काम गर्ने बताए । स्थानीयस्तरमा बालअधिकारको कार्यान्वयनका लागि स्थानीय सर्कारका पदाधिकारीसँग समन्वय गर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस